मोरङबाट लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ

मोरङ, कार्तिक २० गते । मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक १९ गते मोरङको विराटनगर-५ स्थितमा लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले BR50AD 0227 नम्बरको स्कुटरमा सवार सुनसरी देवानगंज गाउँपालिका-२ का बिकाश कुमार यादब र भारत बिहार पुर्णियाका कृष्ण कुमार मेहतालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा ५३ ग्राम १७ मिलिग्राम ब्राउन सुगर बरामद भएकोले दुबैलाई नियन्त्रणमा लिएको हो ।

त्यसैगरी प्रहरी चौकी कुशेचौरीले पथरीशनिश्चरे नगरपालिका-९ का २३ बर्षीय कबिन कार्कीलाई ९३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ गरेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।