मोरङको जहदाबाट लागू औषध गाँजा ओसार पोसारमा संलग्न एम्बुलेस र चालक सहित २ जना पक्राउ

मोरङ, कार्तिक २० गते । मोरङको जहदा गाउँपालिका-३ बाट लागू औषध गाँजा ओसार पोसारमा संलग्न एम्बुलेस र चालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक १९ गते राती बिशेष सुचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका-३ स्थितमा स. १ च ६५६ नम्बरको एम्बुलेन्सलाई चेकजाँच गर्दा उक्त एम्बुलेन्स भित्र कालो रंगको झोलामा लुकाई छिपाई राखेको अवस्थामा ३३ किलो ६१० ग्राम लागू औषध गाँजा बरामद गरेको हो ।

गाँजा बरामद भए सगै ओसार पोसारमा संलग्न एम्बुलेन्स चालक विराटनगर-५ का ३२ बर्षीय दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्स संगै रहेका को. ३१ प ८८८९ नम्बरको मोटरसाईकल चालक जहदा गाउँपालिका- ३ का ३२ बर्षीय दिलिप कुमार राजवंशी समेतलाई नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖