विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि साविक विजेता सरस्वती स्कुललाई

विराटनगर ।साविक विजेता सरस्वती स्कुलले चौथो विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगितामाको उपाधि जितेको छ ।

नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा सरस्वती स्कुलले सत्यनारायण स्कुललाई ४० रनले पराजित गरि उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित २० ओभरको खेलमा १७ दशमलव १ बलमा सवै विकेट गुमाई ८३ रनको सामान्य योगफल तयार पारेको थियो । सरस्वतीका विकाह कामतले १९ रन बनाउँदा रोहित कामतले पनि १९ रनको योगदान दिए । सत्यनारायणका मनिष कामत, राहुल यादव र शत्रुधन चौधरीले २–२ विकेट लिए ।

जवाफमा ८४ रनको लक्ष पछ्याएको सत्यनाराणले १२ दशमलव ३ बलमा सवै विकेटको गुमाई ४३ रनमा सिमित भयो । सत्यनाराणका सागर यादवले १६ रनको योगदान दिए । सरस्वतीका पशान्त यादवले ४ विकेट लिँदा सुरज मण्डलले ३ विकेट दिए ।

फाइनल खेलको प्लेयर अफ दी म्याच सरस्वतीका प्रशान्त यादव र सुरज मण्डल सम्युक्तरुपमा भए । प्लेयर अफ दी सिरिज ग्रिनपिसका मिराज शेख हुँदा उत्कृष्ट ब्याटर ग्रिनल्याण्डका प्रिन्स यादव र उत्कृष्ट बलर सरस्वतीका प्रशान्त यादव घोष्ति भए ।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि मोरङ जिल्ला क्रिकेट सँघका उपाध्यक्ष रिषिबचन यादव, हिसान कोशीका सदस्य मनिष भट्टराई, नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठ, नेपालका पूर्व खेलाडी सिद्धान्त लोहनी, मिल्स क्रिकेट क्लवका अध्यक्ष मुरली चौधरी र मोरङ जिल्ला क्रिकेट सँघका सदस्य मनोज चौधरीलगायतले पुरस्कार तथा ट्रफि वितरो गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।