ताप्लेजुङमा १६ औं राष्ट्रपति शिल्ड खेलकुद प्रतियोगिता आगामी माघ २३ गतेदेखि सञ्चालन हुने

ताप्लेजुङ, पुस २१ गते । ताप्लेजुङमा अन्तर पालिका स्तरीय १६ औं राष्ट्रपति शिल्ड खेलकुद प्रतियोगिता आगामी माघ २३ गतेदेखि सञ्चालन हुने भएको छ । प्रतियोगिता जिल्लाको सिदिङ्वा गाउँपालिकामा सञ्चालन हुने भएको हो ।

सोमबार फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारे जानकारी गराइएको छ । प्रतियोगितामा भलिबल, कवड्डी, एथलेटिक्स, सितोरियो कराँते, तेक्वान्दो उसु गरि जम्मा ६ विधाका खेलहरू सञ्चालन हुने जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष नरेन्द्र कुमार लिम्बू (गणेश) ले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा छात्र र छात्रा दुई समुहलाई समावेश गरिने छ । यस्तै प्रतियोगितामा ६६ स्वार्ण, ६६ रजत र ७० काश्य पदक रहने छ । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, प्रदेश सामाजिक विकास मन्त्रालय रा.खे.प. र प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०७० पाँचौ संसोधन २०८० अनुसार प्रतियोगिता सञ्चालन हुने छ ।

निर्देशिका अनुसार मर्यादित ढङ्गले प्रतियोगिता सञ्चालन हुने सिदिङवा गाउँपालिका अध्यक्ष मान बहादुर राईले बताउनुभयो । यस्तै प्रतियोगिताको तयारी तीब्र गतिमा अघि बढेको गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत तिबेन्द्र अधिकारीले जानकारी दिनुभयो ।-रेडियो काबेली

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।