विश्वकपः आयोजक अमेरिकाको पराग्वेसँग ४-१ फराकिलो जीत

काठमाडौं, ३० जेठ । विश्वकप २०२६ को आयोजक संयुक्त राज्य अमेरिकाले फराकिलो जीत हासिल गरेको छ ।

उत्तरी अमेरिकी देश संयुक्त राज्य अमेरिकाले दक्षिण अमेरिकी टोली पाराग्वेलाई ४–१ को फराकिलो जीत हासिल गरेको हो ।

 

घरेलु टोली अमेरिकाले पहिलो हाफमा ३ गोल गर्दा अर्को एक गोल दोस्रो हाफको इन्जुरी समयमा गरेको थियो। अमेरिकाका स्टार फर्वाड फोलारिन बालोगुनले दुइ गोल गरेका थिए।

 

अमेरिकाले पाराग्वेका डेमियन बोबाडिल्लाको आत्मघाती गोलमार्फत खेलमा सुरुवाती अग्रता लिएको थियो, त्यसपछि खेलको ३१ औ मिनेटमा फरवार्ड फोलारिन बालोगुनको गोलमा अग्रता दोब्बर बनायो।  पहिलो हाफमै ३–० को अग्रता बनाउन इन्जुरी समयमा बालोगुनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेका थिए । 

 

दोस्रो हाफमा पाराग्वेले केही सुधारिएको खेल खेल्ने प्रयास गरे पनि अन्ततः ७३औँ मिनेटमा एक गोल फर्कायो तर इन्जुरी समयको अन्तिम मिनेटमा जियो रेयनाले टिमका लागि चौंथो गोल गरेर ४–१ को जीत हासिल गर्न सफल भयो ।

 

योसँगै विश्वकप २०२६ को आयोजक देशहरू सबैले पहिलो खेलमा कसैले पनि पराजय भोगेनन् । मेक्सिकोले अफ्रिकालाई २–० ले पराजित गर्दा क्यानडा भने  बोस्निया एन्ड हर्जगोभिनासँग १–१ को बराबरी खेल खेलेको थियो भने तेस्रो आयोजक अमेरिकाले पराग्वेसँग ४–१ को फराकिलो जीत हासिल गरेर आयोजक टिम बलियो रहेको देखिएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।