धनकुटामा प्रहरी कार्यालय र पहिरो प्रभावित सडक खण्डको अनुगमन

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाको नेतृत्वमा जिल्लास्थित विभिन्न सुरक्षा निकाय तथा जोखिमयुक्त सडक खण्डको अनुगमन गरिएको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मा, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकार तथा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मी सहितको टोलीले आज इलाका प्रहरी कार्यालय राजारानी र प्रहरी चौकी ओख्रे धनकुटाको स्थलगत निरीक्षण तथा अनुगमन गरेको हो।

निरीक्षणका क्रममा कार्यालयहरूको सेवा प्रवाह, शान्ति सुरक्षा अवस्था तथा समग्र कार्यसम्पादनबारे जानकारी लिइएको थियो भने आवश्यक सुधारका लागि सम्बन्धित निकायलाई निर्देशन समेत दिइएको जनाइएको छ।

त्यसैगरी टोलीले साँगुरीगढी गाउँपालिका–६ अन्तर्गत नाम्जे र थुम्की क्षेत्रमा पर्ने रविराके–भेडेटार सडक खण्डमा भइरहेको पहिरोको अवस्थाको समेत स्थलगत अवलोकन गरेको छ।

पहिरोका कारण सडक जोखिमपूर्ण बन्दै गएको भन्दै तत्काल आवश्यक सतर्कता तथा व्यवस्थापनका उपाय अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको जनाइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖