धनकुटामा सावित्री अधिकारीको कविता कृति ‘खरको कलम, माटाको कापी’ विमोचित
धनकुटा । धनकुटामा साहित्यकार सावित्री अधिकारीद्वारा लेखिएको कविता कृति ‘खरको कलम, माटाको कापी’ को विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार कुन्ता शर्मा रहनुभएको थियो। त्यस्तै विशेष अतिथिहरूमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, शिक्षा समन्वय अधिकारी इन्दिरा बुढाथोकी, साहित्यिक अभियन्ता तथा उपमहानगरपालिका–१३ का वडाध्यक्ष नेत्र काफ्ले, गर्गाचार्य विश्वभाषा पुस्तकालयका अध्यक्ष घनश्याम बराल, महासचिव मुकुन्द प्रयासलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी साहित्यकारहरू जनार्दन गोठाले, जेपी भुजेल, रोशन परियार, द्वारिका रिजाल, ध्रुव एलेक्स, वरिष्ठ कलाकार श्रीकृष्ण जोशी, गजलकार दीपा दिपहरी, निर्मला कुँवर, अग्रज पत्रकारहरू सञ्जयसन्तोषी राई, राजेश्वरबहादुर श्रेष्ठ, विजयसन्तोषी राई, राससका पूर्व महाप्रबन्धक सिद्धराज राई, पत्रकारहरु,सामाजिक संस्थाका पदाधिकारी सरोज भुजेल, खेम लामिछाने लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले कृतिकार सावित्री अधिकारीको साहित्यिक योगदानको प्रशंसा गर्दै उहाँको सिर्जनात्मक यात्राले नेपाली साहित्यलाई थप समृद्ध बनाउने विश्वास व्यक्त गरेका थिए।

