भोटेकोशी बाढी : १४५३ जनाको शव फेला, १३३३ वटाको व्यवस्थापन र ४७१८ जना अझै बेपत्ता

काठमाडौं, ८ असोज । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ५ बजेसम्म १ हजार ४५३ जनाको शव फेला परेको छ।

प्रहरीका अनुसार रसुवामा २३६, नुवाकोटमा २०४, धादिङमा ७२, चितवनमा ३६८, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ गरी १ हजार ४५१ जनाको शव फेला परेको हो। यस्तै, काठमाडौंमा उपचारका क्रममा थप २ जनाको मृत्यु भएको छ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनलगायतका प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३३३ वटा शव व्यवस्थापन (माटोमुनि सुरक्षित) गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार ३२९ र आफन्तका २ हजार ३५ गरी कुल ३ हजार ३६४ वटा डिएनए नमुना सङ्कलन भइसकेको छ। पहिचान हुन नसकेका १ हजार ४२१ वटा शवहरूको विवरण भने नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा राखिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि ७ हजार ९७५ जना प्रहरी परिचालन गरिएको छ। हालसम्म बेपत्ता रहेका ४ हजार ७१८ जनाको खोजी कार्य निरन्तर जारी छ।

यसैगरी, बाढी प्रभावित क्षेत्रका विभिन्न जिल्लाहरूमा स्थापना गरिएका होल्डिङ सेन्टरहरूमा हाल १ हजार २८० जनालाई राखिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖