ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, बाक्लो बस्तीमा फैलिँदै

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा बिहीबार दिउँसो आगलागी भएको छ।

पुरानो बजार क्षेत्रमा दिउँसो करिब साढे १ बजेदेखि आगलागी सुरु भएको हो। बाक्लो बस्ती रहेकाले आगो नियन्त्रणमा लिन कठिन भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी कमल बजगाईंले जानकारी दिएका छन्।

आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनास्थलमा दुई वटा दमकल समेत पुगेका छन्।

आगो नियन्त्रणमा लिन जिल्लाबाट थप प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। आगलागीको कारण भने खुल्न सकेको छैन।

हालसम्म आगलागीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। प्रहरी तथा सुरक्षाकर्मी आगो नियन्त्रणमा लिने प्रयासमा जुटिरहेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।