तीन बोरा युरिया मल सहित नेपाली युवक भारतमा पक्राउ

सञ्जय मिश्रा/ रौतहट, ८ असोज । नेपालको तराई क्षेत्रमा धानबालीमा मल हाल्ने मुख्य समयमा नै युरिया मलको अभाव हुने गरेको गुनासो किसानले गर्दै आएका छन्।

मधेश प्रदेश देखी सिंगो तराई मधेशमा आवश्यक समयमा पर्याप्त मल उपलब्ध नहुँदा सीमावर्ती क्षेत्रका किसान आफ्नै खेतमा प्रयोग गर्नका लागि समेत सीमापार भारतीय बजारबाट मल ल्याउन बाध्य हुने गरेका छन्।

सानो परिमाणमा मल बोकेर फर्कने नेपाली किसानसमेत सीमा क्षेत्रमा पक्राउ पर्ने घटना पटक–पटक सार्वजनिक हुँदै आएका छन्। तीन बोरा मात्र युरिया मल बोकेका नेपाली युवक पक्राउ परेको पछिल्लो घटनाले पनि सीमावर्ती किसानले भोग्दै आएको समस्यालाई पुनः सतहमा ल्याएको छ।

बुधवार भारत–नेपाल सीमा क्षेत्रमा तीन बोरा युरिया मलसहित एक नेपाली युवक पक्राउ परेका छन्। भारतको सशस्त्र सीमा बल (एसएसबी)ले बुधबार कपिलवस्तुका सुरेश कोइरीलाई तीन बोरा युरिया मलसहित पक्राउ गरेको हो।

भारतको ४३औँ वाहिनी एसएसबीअन्तर्गत धनौरा सीमा चौकीको स्टेटिक ड्युटी टोलीले सीमा स्तम्भ नम्बर ५५८ नजिकबाट कोइरीलाई नियन्त्रणमा लिएको जनाएको छ।

एसएसबीका अनुसार केही व्यक्तिले टाउकोमा सामान बोकेर भारतबाट नेपालतर्फ लैजान लागेको सूचना पाएपछि टोलीले उनीहरूलाई रोक्न खोजेको थियो। त्यस क्रममा केही व्यक्ति सामान फालेर फरार भए भने कोइरी पक्राउ परेका थिए। घटनास्थलबाट तीन बोरा युरिया मल बरामद भएको एसएसबीले जनाएको छ।

पक्राउ परेका कोइरीले आफ्नो नाम सुरेश कोइरी, बुबा घनश्याम कोइरी, ठेगाना सुरहनीय, उदयपुरा थाना, कपिलवस्तु, नेपाल रहेको बताएका छन्। बरामद मलको वैध कागजात प्रस्तुत गर्न नसकेपछि एसएसबीले कोइरीसहित तीन बोरा युरिया मललाई थप कारबाहीका लागि सीमा शुल्क विभाग, बढनीको जिम्मा लगाएको छ।

मलको अभावले किसान सीमापार जान बाध्य

किसानलाई आवश्यक समयमा पर्याप्त मल उपलब्ध गराउनुका साथै सीमावर्ती क्षेत्रका यस्ता व्यावहारिक समस्या समाधानका लागि नेपाल सरकारले भारतीय सीमावर्ती प्रशासनसँग आवश्यक समन्वय गर्नुपर्ने देखिन्छ। किसानको दैनिक कृषि आवश्यकतासँग जोडिएको विषयमा दुवै देशका स्थानीय प्रशासनबीच समन्वय हुन सके यस्ता समस्या न्यूनीकरण गर्न सकिने स्थानीय किसानहरूको अपेक्षा छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।