त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ सय ग्रामभन्दा बढी सुन सहित दुई जना पक्राउ

काठमाडौं, ८ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ सय ग्रामभन्दा बढी सुनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–१ पिपरपातीका ३३ वर्षीय अनिस अन्सारी र भारतीय नागरिक ४२ वर्षीय मोहम्मद चेरा थोडी रहेका छन्।

कतारको दोहाबाट काठमाडौं आएका अन्सारीलाई विमानस्थलबाट बाहिरिने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो। उनको साथबाट ६९.६ ग्राम सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरीले जनाएको छ।

त्यस्तै, थोडीलाई विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट ५३६ ग्राम सुन बरामद भएको छ।

दुवै जनाको साथबाट बरामद सुनसहित उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।