खगेन्द्र सुनारमाथि रास्वपाले होइन, राज्यका निकायले छानबिन गर्नुपर्छ : एमाले

काठमाडौं, २७ असोज । एमालेले रास्वपा सांसद खगेन्द्र सुनारमाथि पार्टीले नभई राज्यका निकायले स्वतन्त्र र निष्पक्ष छानबिन गर्नुपर्ने बताएको छ ।

पूर्वराज्यमन्त्रीसमेत रहेकी महिला नेतृलाई सुनारले अश्लील गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको अडियो सार्वजनिक भएपछि एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले राज्यकै निकायले उनीमाथि छानबिन गर्नुपर्ने बताएका हुन् ।

‘हिजो शोषित, पीडित र दलित समुदायको न्यायका लागि बोल्नेहरू आज सत्ताको आडमा महिलालाई नै डर र धम्की दिने आरोपमा मुछिनु विडम्बनापूर्ण छ,’ उनले भने ।

महिलालाई ज्यान मार्ने, रगत पिउने रधम्की दिएको भनिएका अडियो सार्वजनिक भएपछि यो विषय अब पार्टीको आन्तरिक छानबिनमा मात्रै सीमित हुन नहुने उनको भनाइ छ । 

‘रास्वपाको छानबिन आफ्नो ठाउँमा छ, तर सरकारले र सम्बन्धित राज्यका निकायले पनि निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्नुपर्छ, दलितको अधिकारको नारा लगाउनु र महिलाको सम्मानको रक्षा गर्नु फरक कुरा होइनन्- दुवै न्यायका आधार हुन्। महिला होस् वा दलित, कमजोर होस् वा शक्तिशाली, कसैलाई पनि धम्की र अपमान सहन बाध्य पार्न पाइँदैन,’ उनले भने ।

नेता आचार्यले सत्ता कसैलाई कानुनभन्दा माथि उठ्ने लाइसेन्स हुन नहुने पनि बताए । ‘आरोप प्रमाणित भए पद, पार्टी र पहुँच नहेरी कानुनअनुसार कारबाही हुनुपर्छ। आरोपको निष्पक्ष छानबिन हुनुपर्छ र पीडित भनिएकी महिलाको सुरक्षा सुनिश्चित गरिनुपर्छ,’ उनले भने ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖