भएको घर उजाडेर सात महिनापछि सुकुम्बासीलाई होल्डिङ सेन्टर छाड्न सरकारले आदेश दिएपछि केसी आक्रोशित

काठमाडौं, १० मंसिर । कांग्रेस सांसद अर्जुननरसिंह केसी सुकुम्बासीको व्यवस्थापन नगरी उनीहरूमाथि सरकारी रवैयाप्रति आक्रोशित भएका छन् । सरकारले भक्तपुरको बोडेमा रहेको होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई अविलम्ब छाड्न निर्देशन दिएपछि केसीले त्यसको विरोध गरेका छन् ।

‘भोटेकोशी (रसुवा–नुवाकोट) बाढीपीडितको महासंकट जस्ताको तस्तै  छ। डोजर लगाएर उठिबास गराइएका सुकुमवासी परिवार सात महिनादेखि बासी खाना, उपचार अभाव र अनिश्चितताको अन्योलमा  छन्। सरकारी निकायहरू एकअर्कामाथि जिम्मेवारी पन्छाउँदै खाली गर्ने उर्दी जारी गरिरहेका छन्, जसले आवास, स्वास्थ्य र शिक्षा जस्ता संविधानले प्रत्याभूत गरेका मौलिक हकहरूलाई कुण्ठित गरेको छ,’ उनले लेखेका छन् ।

सात महिनादेखि बिरामी, वृद्ध र बालबालिकालाई बासी खाना र उपचार अभावमा तड्पाएर विकल्पबिना होल्डिङ सेन्टर खाली गर्न उर्दी जारी गर्नु राज्यको क्रूरताको चरम नमूना भएको उनको भनाइ छ । ‘उठिबास गराइएपछि स्थायी बसोबासको व्यवस्था नगरी, १५ दिनभित्र मिलाउने वाचा बिर्सेर नागरिकलाई शरणार्थी बनाउने सरकारलाई लाज लाग्नुपर्छ,’ उनले भनेका छन् ।

नेता केसीले यही सिलसिलामा कैयौं बेघरबार बनाइएकाहरूको मृत्युसम्बन्धी हृदयविदारक समाचारहरुमा आएको उल्लेख गर्दै  उपचार, डाइलासिस र औषधिको अभावमा गम्भीर बिरामी तथा वृद्धवृद्धा, बालबालिकाको  ज्यान जोखिममा परेको र राज्यले मर्न छाडेको पीडा व्यक्त गरिरहेको जनाएको छन् ।

‘ठुलो दुन्दुभि मच्चाएर पृयताबादको आड्मा अत्यधिक बहुमत प्राप्त शक्तिशाली सरकार सुकुम्बासी समस्यालाई पन्छाएर के हेरेर बसेको छ ? तत्काल अन्तरिम राहत र जरुरी स्वास्थ्यसेवा, वैकल्पिक बास र पीडितका छोराछोरीको शिक्षादीक्षा को टुङ्गो नलागेसम्म होल्डिङ सेन्टर खाली गर्न उर्दी रोक्ने,  खाना, नियमित औषधि र एम्बुलेन्सरउपचार सुनिश्चित गर्ने काममा सरकार  १ अलमल, आलटाल र ढिलासुस्ती नगर,’ उनले लेखेका छनु ।
   ​

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖