नेकपा एमाले र माओवादीका नेतालाई जथाभावी नबोल्न निर्देशन

काठमाडौं । नेकपा(एमाले) र नेकपा माओवादी केन्द्रका नेताहरुलाई पार्टी एकीकरणको विषयमा जभाभावी नबोल्न दुवै पार्टीले निर्देशन दिएको छ। एकताबारे कार्यकर्तालाई अलमलमा पार्ने अभिव्यक्ति बढेपछि दुवै पार्टीले यस्तो निर्देशन दिएको हो।

एकता प्रक्रियाको मोडालिटीबारे जथाभावी अभिव्यक्ति नदिन एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दोस्रो तहका नेताहरूलाई आन्तरिक निर्देशन दिएको स्रोत बताउँछ ।

ओलीले बुधबार महासचिव पोखरेल, सचिव प्रदीप ज्ञवालीलगायतसँग एकताको मोडालिटीबारे छलफल गरेका थिए । उनले प्रक्रिया नटुंगिएसम्म एकताबारे व्यक्तिगत धारणा व्यक्त गर्दा संवेदनशीलतालाई ख्याल गर्न पोखरेल र ज्ञवालीमार्फत सबै नेताको ध्यानाकर्षण गराएका छन्।

प्रचण्डले पनि आफ्ना नेताहरुलाई यस विषयमा जभाभावी अभिव्यत्तिः नदिन भनिसकेका छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।