देउवालाई संकटमाथि संकट !, कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसहित आफ्नै पार्टीका युवाले दिए ७२ घण्टे अल्टिमेटम

काठमाडौं, २४ पुस । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध आन्दोलन चर्काउने भएको छ।

नेविसंघले विद्यार्थीहरुको पक्षमा विगतमा उठाइएका विभिन्न माग ७२ घण्टा भित्र सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसहितको ज्ञापन पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो।

सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरुले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा बम विष्फोटमा परी घाइते नेविसंघकी केन्द्रीय सदस्य मिरा कटुवालको उपचार खर्च समेत सरकारले उपलब्ध नगराएकोमा आक्रोश समेत व्यक्त गरेका थिए।

नेविसंघले उच्च शिक्षामा सबैको पहुँच पु¥याउन सर्ट्फििकेट धितो राखेर सहुलियत ऋणको व्यवस्था गर्न, सबै स्थानीय तहमा प्राविधिक शिक्षाको व्यवस्था गर्न, देशभरका सबै शैक्षिक संस्थाहरुमा इलाईब्रेरीको व्यवस्था गर्न, विद्यार्थीहरुलाई निशुल्क स्वास्थ्य विमाको व्यवस्था गर्न सरकारसँग माग गर्दै आएको थियो।

यीनै मागहरु अवको ७२ घण्टा भित्र पनि पूरा नभए सरकारविरुद्ध कडा संघर्षमा जान बाध्य हुने जानकारी प्रधानमन्त्री देउवालाई गराइएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए।

नेविसंघले जाडोका कारण देशका विभिन्न जिल्लामा हुन सक्ने महामारीलाई समयमै रोकथाम गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ।

नेविसंघले आफ्ना मागहरु पूरा गराउन सोमबारबाटै दवाव स्वरुप हस्ताक्षर अभियान पनि सुरु गरेको छ। उनीहरुले माग सम्बोधन नगरे सरकारविरुद्ध आमरण अनसन समेत बस्न बाध्य हुने चेतावनी समेत दिएका छन्। – तस्वीर – रिपोर्टर्स नेपाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।