पक्राउ परेका डा. केसीले भने,- म आफ्नो अडानबाट एक इन्च पनि पछि हट्दीन

धनकुटा खबर । काठमाडौं । सोमबार साँझ प्रहरीद्धारा पक्राउ परेका प्रा. डा. गोविन्द केसीले अदालतको सम्मान गर्ने बताएका छन् ।

सोमबार ८ बजे पक्राउ पुर्जी समातेका प्रा डा. केसीले अदालतको पत्रलाई आफुले सम्मान गर्ने तर, आफ्नो अडानबाट एक इन्च पनि पछि नहट्ने बताएका छन् ।

‘वकिलको आदेशले मात्रै भए म जाने थिइनँ । भइहाल्यो नि त, तपाईहरुले पक्राउ पुर्जी लिएर आउनु भयो, म जान्छु’ महानगरीय प्रहरी महाशाखा टेकुबाट खटिएको टोलीको पत्र बुझ्दै डा. केसीले भने, ‘तर म मेरो अडान जहाँ गए पनि त्यही हुन्छ ।’

उनलाई अहिले प्रहरीकै एम्बुलेन्समा राखेर महानगरी प्रहरी वृत्त टेकु लगिएको छ । उनलाई आवश्यकता अनुसार अन्य ठाउँमा लानुपर्ने अवस्था आए लान सकिने प्रहरीले बताएका छ । उनलाई प्रहरीले मंगलबार विहान ९ बजे सर्वाेच्च अदालत बुझाउने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖