नगरपालिकालाई स्वास्थ्य संस्था हस्तान्तरण

भक्तपुर, २५ पुस । जिल्ला जनस्वास्थ्य कार्यालयले चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य चौकी हस्तान्तरण गरेको छ ।

नगरपालिकामा आज आयोजित स्वास्थ्य संस्था हस्तान्तरण कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केशवराज पण्डितले नगरपालिका क्षेत्रभित्र पर्ने एक प्राथमिक स्वास्थ्य केन्द्रसहित सातवटा स्वास्थ्य चौकी हस्तान्तरण गर्नुभएको हो ।

संविधानमा व्यवस्था भएअनुसार स्थानीय निकायलाई स्वास्थ्य संस्था हस्तान्तरण गर्नुपर्ने प्रावधानअनुरुप उपत्यकामै पहिलो पटक भक्तपुरको चाँगु नपालाई स्वास्थ्य संस्था हस्तान्तरण गरिएको हो । उक्त कार्यालयबाट सञ्चालित हुँदै आएको स्वास्थ्य चौकीको सम्पूर्ण जिम्मेवारी र दायित्व अब नगरपालिकाको हुने भएको छ ।

नगरपालिकाले स्वास्थ्य चौकीको व्यवस्थापन गर्नुपर्ने व्यवस्था भएअनुसार सरकारले यसअघि नै नगरपालिकालाई औषधि खरिदलगायतका विभिन्न शीर्षकमा बजेट पठाइसकेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले संविधानले व्यवस्था गरेअनुसार जिल्लाका विषयगत सरकारी कार्यालय नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने भएकाले नगरपालिकाको काँधमा थप जिम्मेवारी आएको बताउनुभयो ।

नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा भएका कमीकमजोरीलाई सुधार गर्दै चुस्तरुपमा जनस्वास्थ्य कार्यालय सञ्चालन गर्ने बताउनुभयो ।

जनस्वास्थ्य कार्यालयका प्रमुख केशवराज पण्डितले जिल्लाका चारवटै नगरपालिकालाई स्वास्थ्य चौकी हस्तान्तरण गर्न तयार रहेको भन्दै नगरपालिकाले दायित्व लिन ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖