विद्युत् चुहिँदा कुखुराको खोरमा आगलागी, ५०० कुखुरा सहित पाँच लाखको क्षति

रत्ननगर, चितवन, २७ पुस । चितवनको भरतपुर महानगरपालिका–२० स्थित धननाथ ढकालको कुखुराको खोरमा आज बिहान आगलागी भएको छ ।

आज बिहान ३ः३० बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदै खोरभित्र रहेका ५०० वटा कुखुराका चल्लासहित रु पाँच लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सो क्रममा कुखुराका चल्ला ५०० वटा, दाना तीन बोरा, तोरी तीन बोरा, राज्मा एक बोरा, काठ तथा खोरलगायत गरेर रु पाँच लाखको क्षति अनुमान गरिएको प्रहरीले जनाएको छ ।

स्थानियको सहयोगमा प्रहरीले रातीनै आगो निभाएको चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिनुभयो ।

आगोले जलेर गम्भीर

यता भरतपुरस्थित गौरीगञ्जमा आगोताप्ने क्रममा जलेर एक वृद्धा गम्भीर घाइते भएकी छिन् । स्थानीय ९१ वर्षीया नन्दकुमारी पौडेल आगोले जलेर गम्भीर भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार आफ्नै घर अगाडि जाडो छल्न आगो ताप्ने क्रममा पौडेललाई एक्कासि आगो सल्किएको थियो । उनको शरीरका विभिन्न भागमा आगोले जलेको छ । अहिले उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जाडोका कारण स्थानीय चितवनका विभिन्न क्षेत्रको चोक चौतारो र घर आँगनमा आगो बालेर ताप्ने गरेका छन् । चितवनका प्रहरी उपरीक्षक दीपक थापाले यसरी आगो ताप्दा ज्यान कै जोखिम हुने र आगलागीसमेत हुनसक्ने भएकाले सचेत हुन सबैमा आग्रह गर्नुभएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖