दाउराले हानेर भाइले दाजुको हत्या गरे

मंगलबारे, इलाम, २७ पुस । इलामको देउमाई नगरपालिकामा भाइले दाजुको हत्या गरेका छन् । देउमाई नगरपालिका–४ मंगलबारेका डिल्ली बाँस्तोलाले आफ्नै सहोदर दाजु गंगा बाँस्तोलाको आज दिउँसो हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

सामान्य भनाभनपछि डिल्लीले गंगालाई करिब १ बजेतिर दाउराले हानेर हत्या गरेको बताइएको छ । मादकपदार्थ सेवन गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको भए पनि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

हत्यापछि डिल्लीले इलाम नगरपालिका–११ सोयाककी सात वर्षीया सन्ध्या आचार्यलाई समेत कुटपिट गरेको बताइएको छ ।

मामली घर जाने क्रममा सन्ध्यालाई कुटपिट गरेको इलाम प्रहरीको भनाइ छ । सन्ध्यालाई उपचारका लागि इलाम अस्पताल लगिएको जनाइएको छ । अभियुक्त डिल्लीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।