छिन्ताङ घटनामा मारिएका १६ जनालाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय

काठमाडौँ, २८ पुस । सरकारले खोकु छिन्ताङ घटनामा मारिएका १६ जना व्यक्तिलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले २०३६ साल कात्तिक २७ गते भएको उक्त घटनामा मारिएका व्यक्तिलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

पञ्चायती व्यवस्थाको विपक्षमा तथा प्रजातन्त्रको पक्षमा संलग्न भएको आरोपमा तत्कालीन राज्यसत्ताले दमन गरी होनहार व्यक्तिको ज्यान लिएको घटनालाई छिन्ताङ हत्या काण्ड भनिँदै आएको छ ।

सरकारले न्याय सेवाको विशिष्ट श्रेणी (मुख्य रजिष्टार) मा सोही सेवाका रजिष्टार महेन्द्रनाथ उपाध्यायलाई पदोन्नति गर्ने निर्णय पनि गरेको छ । बैठकले पुनरावेदन समितिको अध्यक्षमा हेमराज पन्तलाई नियुक्ति गर्ने गरेको छ ।

बैठकले लाइभ स्टक सेन्टर इनोभेसन आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने रु आठ अर्ब ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री बस्नेतले जानकारी दिनुभयो ।

सरकारले आगामी वैशाख १ देखि आर्थिक गणना गर्न २०७५ सूचित आदेश जारी गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद्ले नेपाली सेनाका उपरथी गौरव तण्डुललाई रथी दर्जामा स्थानीय बढुवा गरी युन फोर्स कमाण्डरमा प्रतिस्पर्धा गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

प्राविधिक महासेनानी गेहेन्द्रराज महर्जनलाई सहायक रथीमा बढुवा गरिएको छ ।

आजको मन्त्रिपरिषद्को बैठकमा प्रदेश प्रमुख र राजधानीका विषयमा सामान्य छलफल भए पनि राजनीतिक दलसँग पुनः छलफल गरेरमात्र अघि बढ्ने कुरा भएको बताइएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।