कांग्रेस नेता शेरबहादुरलाई मातृ शोक

दमक,३० पुस । नेपाली कांग्रेसका नेता तथा दमकका सामाजिक व्यक्तित्व शेरबहादुर भट्टराईलाई मातृ शोक परेको छ । भट्टराईकी ममतामयी माता ९७ बर्षीया सावित्रादेवी भट्टराईको आइतबार अपरान्ह सवा ३ बजे आफ्नै निवासमा निधन भएको हो ।

उनको दमक–५ स्थित आफनै निवासमा निधन भएको थियो ।उनी लामोसमयदेखि मधुमेहलगायतका रोगबाट थलिएकी थिईन् । स्वर्गिय सावित्रा देवीका ४ छोरामध्ये शेरबहादुर र धनबहादुर र ५ छोरी रहेका छन् ।

शेरवहादुर कांग्रेस महासमिति सदस्य ,दमकको एडभान्स हस्पिटलका अध्यक्ष लगायतका बिभिन्न सामाजिक संघ संस्थाहरुमा सक्रिय रहेका छन् ।

त्यस्तै धनबहादुर दमक सहकारी संस्थाको अध्यक्ष साथै बिभिन्न संघ संस्थाहरुमा सक्रिय रहेका छन् ।

उनकी ५ छोरीहरु अम्बिका डाँगी, कुमारी कार्की, कमला बस्नेत, मिना कार्की र होमा बोहरा साथै १५ नाती, १३ नातिनी, १७ पनातीका अभिभावक थिईन् ।

उनको शव सोमबार विहान कन्काई नदीमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖