भारतको जयनगरदेखि नेपालको बर्दिबाससम्मको ब्रोडगेज रेलमार्ग लिक निर्माण कार्य द्रुतगतिमा
काठमाडौं । भारतको जयनगरदेखि नेपालको बर्दिबाससम्मको ब्रोडगेज रेलमार्गको लिक निर्माण कार्य सुरु भएको छ । भारतको जयनगरदेखि रेल संचालन गर्न रेलमार्गमा स्लिपर, ब्लास्ट र रेल ओछ्याउने पहिलो चरणमाको काम द्रुतगतिमा भइरहेका छन्।
सात अर्ब २० करोड भारत सरकारको आर्थिक सहयोगमा सुरु भएको परियोजना अन्तर्गत अक्टोबरसम्ममा सिभिल कन्सट्रक्सनको सम्पूर्ण काम पुरा हुने छ। सुरुवातमा भारत सरकारले रेलमार्ग निर्माणका लागि पाँच अर्ब ३९ करोड सहयोग गरे पनि पछि त्यो रकम परिमार्जित भएर वृद्धि भएको हो।
नेपाल पक्षमा वैदेहीदेखि खजुरीसम्मको मार्गमा हाल ब्लाष्ट बिछाएर स्लीपर र रेल राख्ने काम भइरहेको नेपाल रेलवे जनकपुरका इञ्जिनीयर तथा साइट प्रमुखले जानाकारी दिए ।
सन् २०१७ जुनसम्ममा जयनगर–जनकपुरसम्म रेल सञ्चालन गर्ने लक्ष्य लिएको नेपाल सरकार रेलवे विभागको कमजोर उपस्थितिले सञ्चालनमा समस्या ल्याएसँगै ठेकेदारलाई मार्च २०१८ सम्मका लागि म्याद थप गरिएको इरकण इण्टरनेशनलका साइट इञ्जिनीयरले जनाए ।ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडको निगरानीमा धनुषा र महोत्तरीमा दुईवटा निर्माण कम्पनीलाई मनामने जिम्मा दिइएको छ।


