ओली आऊने भोली, ल्याऊने यस्तो कोशेली !

काठमाडौँ, ३ माघ । नियमित स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंककमा रहेको एमाले अध्यक्ष केपी शर्मा ओली भोलि बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

गत पुस २६ गते स्वास्थ्य परिक्षणको लागि ओली बैंकक प्रस्थान गरेका हुन् । उनी आज आउने कार्यक्रम रहेको भएपनि दुई दिन थप भई यही माघ ४ गते फर्कने उनका सञ्चार संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

पूर्वप्रधानमन्त्री ओलीको बैंककको बुमरुङगार्ड अन्तर्रा्ष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षणपछि सबै प्रतिवेदन सामान्य देखिएको छ ।बैंककमा रहँदा ओलीले भारत र चीन दुवै छिमेकी देशका विशेष प्रतिनिधिहरुसँग भेटवार्ता गरेको पनि खुलासा भएको छ। स्रोतका अनुसार त्यहाँ रहँदा ओलीले अब आफू प्रधानमन्त्री बन्ने निश्चित भएकोले सोही अनुसार अन्र्तराष्ट्रिय सम्बन्ध पनि सुधार गर्नेगरि मुभ गरेका हुन् ।

ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दुतसँग पनि गोप्य भेटवार्ता गरेको स्रोतको दाबी छ । यद्धपी भेटवार्ता को सँग भएको हो भनेर अहिलेसम्म पुष्टि भएको छैन । त्यस्तै उनले चीनका प्रतिनिधिहरुसँगपनि विशेष कुराकानी गरेको र नेपालले दुवै देश भारत र चीनसँग समदुरीमा रहेर सुमधुर सम्बन्ध अगाडि बढाउन चाहेको विश्वास दिलाएका हुन् ।

उनले नेपालको सर्वाङीण विकासको लागि भारत र चीन दुवै देशको उतिकै सहयोग र सद्भाव आवश्यक रहेकोले भारत र चीनसँगको सम्बन्धलाई विशेष रुपमा अगाडि बढाउनेगरि गृहकार्य गरिरहेका छन् ।

त्यतिमात्रै नभएर, उनले बैंककमा रहँदा नेपालका नेताहरुसँग पनि निरन्तर सम्बाद गरेका थिए । खासगरी उनले कार्यवाहक अध्यक्ष वामदेव गौतमसँग टेलिफोन वार्ता गरेका थिए । उनले गौतमसँग पछिल्लो राजनीतिक अवस्था र प्रधानमन्त्री शेरबहादुर देउवाले अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न किन ढिलाई गरेको भन्नेबारे जिज्ञासा राखेका थिए ।

त्यस्तै उनले वाम गठबन्धनका प्रमुख नेता एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि नियमित सम्पर्क गरेर राजनीतिक घट्नाक्रमबारे जानकारी लिएका थिए ।

ओलीले त्यहाँ रहँदाको फुर्सदको समयलाई एमाले–माओवादी पार्टी एकता र सरकार गठनबारे समेत ठोस निर्णय गर्नेगरि होमवर्क गरेका थिए । स्वदेश फर्किएलगत्तै उनले पार्टी एकताबारे बोल्ड निर्णय लिने उनी निकट नेताको दाबी छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।