समाजसेवी देखि पूर्वमहान्यायाधिवक्ता समेत प्रदेश प्रमुखमा नियुक्त, यस्तो छ प्रदेश प्रमुखको पृष्ठभूमि

काठमाडौं । सरकारले आज सात वटा प्रदेशमा प्रमुख नियुक्त गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक प्रदेश प्रमुख नियुक्त गरेको हो। बैठकले प्रदेशको अस्थायी मुकाम पनि तोकेको छ। प्रदेश प्रमुखमा कांग्रेस, राजपा र समाजवादी फोरमले भागबन्डा गरेका छन्।

कानुन मन्त्री यज्ञबहादुर थापाकाअनुसार प्रदेश १मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा , ६ मा दुर्गाकेशर खनाल र प्रदेश सातमा मोहनराज मल्ल प्रदेश प्रमुखमा नियुक्त भएका छन्।

थापाका अनुसार बैठकले प्रदेश सभाको पहिलो बैठक बस्ने अस्थायी मुकाम पनि ताकेको छ।

सरकारले प्रदेश नम्बर १को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा प्रदेश सभाको पहिलो बैठक बस्ने गरी अस्थायी मुकाम तोकेको हो।

यस्तो छ प्रदेश प्रमुखको पृष्ठभूमि :

प्रदेश नम्बर १ का प्रदेश प्रमुख गोविन्द सुब्बा अंग्रेजीका प्राध्यापक हुन्। धनकुटा स्थायी वासिन्दा सुब्बाले सुरुमा अखिलको राजनीति गरेका थिए। जनमत संग्रहपछि उनी कांग्रेसमा लागेका थिए।

प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थ पूर्वकृषि सचिव हुन्। महोत्तरीका स्थायी वासिन्दा कायस्थ जलस्रोतविद् हुन्। उनी राष्ट्रिय योजना आयोगका पूर्व सदस्य पनि हुन्। कायस्थ संघीय समाजवादी फोरमको समानुपातिक सांसदका उम्मेदवार थिए।

प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइराला समाजसेवी हुन्। माइती नेपाल संस्थामार्फत् उनले बेचिएकी चेलीको उद्दार गर्दै उनीहरुलाई सहयोग गर्दै आएकी थिइन्।

उनी मंसिरमा चुनाव हुनु केही दिनअघि मात्र कांग्रेस प्रवेश गरेकी थिइन्।

कोइराला प्रदेश प्रमुख हुने चर्चा चलेसँगै उनको नागरिकताको प्रसंग उठेको थियो।

राजनीतिक अभियन्ता सरिता गिरीले दार्जिलिङकी अनुराधाको नागरिकता अंगीकृत भएको कुरा ट्वीटरमा लेखेकी थिइन्।

अनुराधासँग वंशजको नागरिकता भएको प्रधानमन्त्री कार्यालयले पुष्टि गरेको छ। सेतोपाटीसँग कुरा गर्दै अनुराधाले आफू ओखलढुंगाको रुम्जाटारमा जन्मेको र पढ्नमात्र दार्जिलिङ गएको उल्लेख गर्दै नागरिकताको अनावश्यक विवाद झिकिएको बताइन्।

प्रदेश नम्बर ४ का प्रदेश प्रमुख बाबुराम कुँवर पूर्वमहान्यायाधिवक्ता हुन्। अर्घाखाँचीका स्थायी वासिन्दा कुँवर सुशील कोइराला प्रधानमन्त्री हुँद महान्यायाधीवक्ता बनेका थिए।

प्रदेश नम्बर ५ का प्रदेश प्रमुख उमाकान्त झा पूर्वस्वास्थ्य सचिव हुन्। खिलराज रेग्मीको मन्त्रिपषिद्मा उनी स्वास्थ्य मन्त्री बनेका थिए। उनी राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरका सम्धी हुन्।

६ नम्बरका प्रदेश प्रमुुख सुर्खेतका दुर्गाकेशर खनाल बुद्दिजीवी हुन्। पञ्चायत कालमा कांग्रेसको राजनीति गरेका उनी शिक्षक थिए। बहुदल आएपछि उनी कांग्रेसबाट राष्ट्रिय सभा सदस्य बनेका थिए।

७ नम्बरका प्रदेश प्रमुख कैलालीका मोहनराज मल्ल राजनीतिज्ञ हुन्। उनी राष्ट्रिय पञ्चायतका सदस्य पनि थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य मल्ल केही वर्षअघि कांग्रेस प्रवेश गरेका थिए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।