ओली आज स्वदेश फर्किदै, विमानस्थलको विशेष कक्षमा ओलीको प्रतिक्षा, यस्ता छन् ओलीले मुख खोल्न सक्ने विषयहरु

काठमाण्डौ, ४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचार सकेर आज स्वदेश फर्किदैछन् । नेपालका शीर्ष नेताहरु जुनसुकै उद्देश्यले विदेश जाँदा र फर्कदा विमानस्थलमा पत्रकारहरुसँग केही प्रतिक्रिया दिने गरेका छन् ।

जाने बेलामा विदेश जानुको उद्देश्य र फर्कदा उपलब्धिका बारेमा जानकारी दिने प्रचलन छ । तर यसबाहेक पनि महत्वपूर्ण राजनीतिक अभिव्यक्ति प्राथमिकतामा पर्ने गर्दछ ।

ओली उपचारका लागि बैँकक गएपछि नेपालमा केही राजनीतिक घटनाक्रम अगाडि बढिसकेकाले पनि आज ओलीको बोलीले धेरै अर्थ राख्न सक्छ ।
सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख हिजो मात्रै तोकेकाले आज ओलीले यस विषयमा पक्कै पनि मुख खोल्नेछन् ।

यसअघि वाम गठबन्धनले सरकारलाई अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न दबाब दिए पनि त्यहि काम सरकारले गरेपछि भने किन गरेको भने झैँ गरी असन्तुष्टी व्यक्त गरेका छन् । अर्थात वाम गठबन्धनले दोहोरो चरित्र देखाएका छन् ।

ओलीले पनि पक्कै प्रधानमन्त्री शेरबहादुर देउवाको आलेचना गर्ने अनुमान गर्न सकिन्छ ।

राष्ट्रियसभाको निर्वाचन पनि नजिकिदै छ । निर्वाचन आयोगले चुनावी तयारी गरिरहेको छ भने पार्टी एकता गर्ने भनेर प्रक्रियागत रुपमा अगाडि बढेका एमाले र माओवादीले राष्ट्रियसभा चुनावका लागि भागबण्डाको टुङ्गो लगाएका छन् ।

ओलीले समग्रमा पार्टी एकता र नयाँ सरकार निर्माणका बारेमा पनि मुख खोल्ने सम्भावना छ ।

एमालेमा प्रवेश गरेर प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका पूर्व डिआइजी नवरावज सिलवाललाई प्रहरीले पक्राउका लागि खोजिरहेको छ । तर एमालेको संरक्षणमा उनी पक्राउ पर्न नसकेको आरोप लागिरहेका बेला यस विषयमा ओलीले मुख खोले भने त्यो सबैभन्दा महत्वपूर्ण समाचार बन्न सक्छ ।

तर अहिलेसम्म ओलीले सिलवालका बारेमा केही नबोलेकाले आज पनि बोल्ने सम्भावना देखिदैन । यद्यपी पत्रकारको प्रश्न सोझियो भने ओलीले के गर्छन्, त्यो हेर्न बाँकी छ । रिपोर्टर्स नेपाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖