प्रदेश प्रमुखहरुको सपथ भोलि विहान !

काठमाडौं, ४ माघ । राष्ट्रपति कार्यालयले हिजो (बुधबार) नियुक्त भएका प्रदेश प्रमुखहरुको सपथ भोलि (शुक्रबार) गराउनेगरी तयारी थालेको छ।

औपचारिक निर्णय नभएपनि आगामी आइतबारसम्म प¥याउनुभन्दा भोलि नै सपथ खुवाउनु राम्रो हुने विश्वास लिएर राष्ट्रपति कार्यालयले नवनियुक्त प्रदेश प्रमुखहरुको सपथ भोलिको लागि तय गरेको स्रोतले जनायो ।

आइतबार प्रदेश प्रमुखले सपथ लिँदा निर्वाचन आयोगले राष्ट्रिय सभाका मतदाताको सूची बनाउन समेत समस्या हुने भएकाले भोलि नै प्रदेश प्रमुखको सपथ हुन लागेको हो ।

प्रदेशमा केन्द्रीय सरकारको प्रतिनिधिका रुपमा रहने प्रदेश प्रमुखलाई राष्ट्रपतिले सपथ खुवाउनुपर्छ। प्रदेश प्रमुखले प्रदेश सभा सदस्यलाई सपथ खुवाउने संवैधानिक व्यवस्था छ। सपथ खाएपछि उनीहरुको कार्यकाल सुरु हुन्छ।

सरकारले हिजोमात्रै १ नम्बर प्रदेशमा डा. गोविन्द सुब्बा, २ नम्बरमा रत्नेश्वरलाल कायस्थ, ३ नम्बरमा अनुराधा कोइराला, ४ नम्बरमा बाबुराम कुँवर, ५ नम्बरमा उमाकान्त झा, ६ नम्बरमा दुर्गाकेशर खनाल र ७ मोहनराज मल्ललाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।

यता नवनियुक्त प्रदेश प्रमुखले भोलि सपथ लिने कार्यक्रम छ । तर, विभिन्न प्रदेशका विविध शहरहरुमा भने अहिले व्यापक ठूलो आन्दोलन चर्किएका छन् । खासगरी प्रदेश नम्बर १ को धनकुटामा, ५ को दाङमा, ७ को डोटीमा आन्दोलन जारी छ ।

कतिपय ठाउँमा त कांग्रेसका नेता तथा कार्यकर्ताहरुले नै आफ्नै सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।