राष्ट्रियसभाको चुनाव सम्पन्न भएपछि सरकार छाडिने : अर्थराज्यमन्त्री राणा
काठमाण्डौ, ७ माघ । अर्थराज्यमन्त्री उदयशमशेर राणाले कांग्रेसले सत्ता छोड्न नमानेको भन्ने आरोपको खण्डन गर्दे संविधानअनुसारनै प्रक्रिया पूरा गरेर सरकार हस्तान्तरण हुने बताएका छन् ।

रिपोटर्स क्लब नेपालले आइतबार गरेको साक्षात्कारमा मन्त्री राणाले प्रक्रिया पुरा नगरेर सरकार छाड्दा अन्यौलता सिर्जना हुने भन्दै राष्ट्रियसभाको चुनाव सम्पन्न भएपछि सरकार छोडिने बताएका हुन् ।
कांग्रेसले ठुलो पराजय बेहोर्नुको मुख्य कारण वाम गठबन्धन भएको भन्दै राणाले केन्द्रिय समिति बैठकमा चुनावी समिक्षा सुरु भएको बताए । उनले केन्द्रिय समितिमा समिक्षा गरेपछि महासमिति बैठक बसेर पराजयको समिक्षा हुने जानकारी दिए ।


