उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु

काठमाडौँ, ८ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित वातावरणमा सम्पन्न सबै खाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा निर्वाचन आयोगमा आज बसेको बैठकले यही माघ २४ गते बुधबार हुने उक्त निर्वाचनका लागि सुरक्षा निकायले सुरक्षा रणनीति तथा कार्यनीति निर्माण गरी अघि बढ्ने निष्कर्ष निकालेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण तरिकाबाट सम्पन्न गराएकोमा सबै सुरक्षा निकायलाई बधाई एवं धन्यवाद दिनुभएको थियो ।

आयुक्त शाहले निर्वाचनमा चुस्त, प्रभावकारी र परिणाममूलक सुरक्षा प्रबन्ध मिलाउन र समन्वयका साथ कार्य गर्ने निर्देशन दिनुभयो । सो अवसरमा गृहमन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मन्त्रालयले तयार पारेको सुरक्षा कार्ययोजनाबारे बैठकलाई गराउनुभएको प्रवक्ता जानकारी दिनुभयो ।

बैठकमा निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल, रक्षा मन्त्रालयका सचिव विनोद केसी, नेपाली सेनाका रथी पूर्णचन्द्र थापा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मी तथा रक्षा तथा गृह मन्त्रालय र निर्वाचन आयोगका उच्च तहका अधिकारीको सहभागिता हुनुहुन्थ्यो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।