निराश र नकारात्मक सोंचका युबाहरुबाट राष्ट्रले केहि अपेक्षा गर्न सक्दैन : पूर्व मन्त्रि ढकाल
युबाहरुको फराकिलो मानसिकता हुनु पर्छ
काठमाण्डौं । पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्रि एकनाथ ढकालले युबाहरुको मानसिकता फराकिलो हुनु पर्ने बताउनु भयको छ ।

एफ। एफ। डब्लु। पी। यु। नेपाल द्वारा आयोजित २१ दिने तालिमको समापन समारोहमा बोल्दै पूर्व मन्त्रि ढकालले निराश र नकारात्मक सोंचका युबाहरु द्वारा राष्ट्रले केहि अपेक्षा गर्न नसक्ने भन्दै युबाहरुलाई सकारात्मक रुपमा सोच्न, सार्बजनिक चिन्तन गर्न, अनुशासित र संयम हुन आग्रह गर्नु भयो ।
नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले राज्य संयन्त्रमा दक्ष, सक्षम, कुसल र इमान्दार युबाहरुको प्रवेश आबश्यक रहेको बताउदै विश्वका सफल र अनुकरणीय नेतृत्व हरुबाट सिक्न र उत्प्रेरित हुन पनि युबाहरुलाई प्रोत्साहित गर्नु भयो ।
कार्प नेपालका अध्यक्ष रुपसिंह भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक अभियन्ता सन्तोष पौडेल, काशिनाथ खनाल लगायतले सहभागीहरुलाई बधाई तथा सुभकामना दिनु भयको थियो ।


