यीनै हुन प्रहरीका असई जो लागु औषध सहित पक्राउ परे

काठमाडौं, माघ ९ । नेपाल प्रहरीका सहायक निरीक्षक (असई) सुमित राज सिटौला लागु औषध सहित पक्राउ परेका छन् । संघीय प्रहरी कार्यालय बाग्मतीमा कार्यरत असई सिटौलालाई महानगरीय प्रहरी वृत महाराजगञ्जले माघ ३ गते पक्राउ गरेको हो ।

‘सुमित राज सिटौलालाई हामिले महारजगञ्जबाट नियन्त्रणमा लिएका हौं’ महानरीय प्रहरी वृत महाराजगञ्जका डिएसपी योगेन्द्र सिंह थापाले भने, ‘लागु औषध मुद्धामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेका छौं ।’

प्रहरी स्रोतका अनुसार सिटौलाको साथबाट २३ पिस नाईट्रोभ्याट र १ सय १० ग्राम गाँजा बरामद गरिएको छ । २ फाईल नाइट्रोभ्याट (३० पिस) मध्ये सिटौलाले ७ पिस आफैंले सेवन गरेको बताईएको छ ।

संघीय प्रहरी कार्यालय बाग्मतीमा कार्यरत सिटौला घट्नास्थल विशेषज्ञ तालिम (सोको) का लागि काठमाडौं आएका थिए । तालिम स्थलबाट बाहिर निस्केर गाँजा सेवन गर्दै गरेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

संघिय प्रहरी कार्यालय बाग्मतीका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले आफू मातहत कार्यरत असई सुमित राज सिटौला पक्राउ परेको स्वीकार गरेका छन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘सुमित राज सिटौला मेरो मातहत कार्यरत जुनियर अफिसर हो, काठमाडौंमा तालिमको सिलसिलामा पक्राउ परेको सुन्नमा आएको छ ।’

प्रहरी स्रोतका अनुसार सिटौला कलेज पढ्दा देखि नै लागु औषध सेवन गर्थे । उनका बावु पनि नेपाल प्रहरीको बहालवाला ईन्सपेक्टर रहेको बताईएको छ । राजेश भण्डारी / रातोपाटी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।