मनोनयनकै दिन राष्ट्रिय सभामा १७ जना निर्विरोध निर्वाचित, कसले कति जिते ? – सूची सहित

काठमाडौं, १० माघ । राष्ट्रिय सभामा १७ जना मनोनयनकै दिन निर्विरोध निर्वाचित भएका छन् । माघ २४ गते हुने निर्वाचनका लागि बुधबार मनोनयन दर्ता गर्ने दिन ५६ पदका लागि ८३ जनाको उम्मेदवारी परेकोमा १७ जना निर्विरोध भएका हुन् ।

निर्वाचन आयोगका अनुसार एमाले ६, कांग्रेस ५, माओवादी ३, संघीय समाजवादी फोरम २ र राष्ट्रिय जनता पार्टी (राजपा)का एक गरी १७ जना उम्मेदवार निर्विरोध भए । प्रदेशअनुसार हेर्दा प्रदेश नम्बर १ मा तीन, प्रदेश २ मा पाँच, प्रदेश ५ मा तीन र प्रदेश ७ मा ६ जना निर्विरोध भएका छन् भने प्रदेश नम्बर ३, ४ र ६ मा भने कुनै पनि उम्मेदवार निर्विरोध भएका छैनन् ।

यही हुन् निर्विरोध १७ उम्मेदवार

प्रदेश १
नैनकला ओझा (एमाले)
बिना पोखरेल (माओवादी)
सरिता प्रसाईं (कांग्रेस)

प्रदेश २
शशिकला दाहाल (माओवादी)
मुक्ताकुमारी यादव (कांग्रेस)
प्रमिला यादव (फोरम)
रामप्रीत पासवा (फोरम)
वेषशचन्द्र लाल (राजपा)

प्रदेश ५
कोमल वली (एमाले)
मीना बुढा (एमाले)
अनिता देवकोटा (कांग्रेस)

प्रदेश ७
शेरबहादुर कुँवर (एमाले)
हरिराम चौधरी (माओवादी)
बद्री पाण्डे (कांग्रेस)
तारादेवी भट्ट (कांग्रेस)
कमला ओली (एमाले)
इन्दु कडेरिया विष्ट (एमाले)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖