देउवा सरकारको महत्वपूर्ण निर्णय : ६५ बर्षमै बृद्ध भत्ता, बाढी र भूकम्पपीडितलाई एकएक लाख रकम थप

देउवा सरकारले अब वृद्ध भत्ता ६५ वर्षकै उमेरमा दिने भएको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वृद्ध भत्ता पाउने उमेर हद पाँच वर्ष घटाएर ६५ वर्षमा झारेको वाणिज्यमन्त्री मीन विश्वकर्माले जानकारी दिए । ‘सम्पन्नले मात्र वृद्ध भत्ता पाउने प्रचलनको अन्त्य गर्न सरकारले वृद्धभत्ता पाउने आयु पाँच वर्ष घटाएको छ’, मन्त्री विश्वकर्माले भने ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले बाढी र भूकम्पपीडितलाई एकएक लाख रकम थप दिने निर्णयसमेत गरेको छ। सँगै बुधबारको मन्त्रिपरिषद् बैठकले दलित, महिला तथा विपन्न (परिचयपत्र वाला) वर्गको व्यक्तिले निजी व्यवसाय दर्ता गर्नु पर्दा एक करोड पूँजी भए निशुल्क र एक करोड बढी पूँजीमा कम्पनी दर्ता गर्नु परे ५० प्रतिशत मात्र शुल्क लिने निर्णयसमेत गरेको छ । पाना खबर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।