सरकारका पछिल्ला निर्णयबारे एमालेले दिउँसो औपचारिक धारणा सार्वजनिक गर्ने

काठमाडौं, माघ ११ । सरकारका पछिल्ला निर्णयबारे एमालेले आज औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ।

पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ४ पत्रकार सम्मेलन गरेर एमालेले आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो।

‘सरकारले पछिल्लो समय गरेका नियुक्तिलगायतका विषयमा पार्टी अध्यक्षले धारणा राख्नुहुन्छ,’ एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने।

एमालेले चुनावपछि कामचलाउ भइसकेको सरकारले महत्वपूर्ण नियुक्ति लगायतका दीर्घकालीन असर पर्ने निर्णय गर्न नहुने बताउँदै आएको छ।

सरकारले बुधबारमात्रै ६५ वर्षमै वृद्धभत्ता र भूकम्पपीडितलाई थप एक लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो। राज्यभारमाथि थप व्ययभार पर्ने गरी वृद्धभत्ताको उमेर घटाइएको भन्दै सरकारी निर्णयको आलोचना भइरहेका बेला भावी प्रधानमन्त्रीका रूपमा हेरिएका एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖