नयाँ सरकारले भारतसँग प्रगाढ सम्बन्ध राख्ने : एमाले सचिव ज्ञवाली

काठमाडौँ, ११ माघ । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले अब बन्ने नयाँ सरकारले भारतसँग प्रगाढ सम्बन्ध स्थापित गर्ने बताउनु भएको छ ।

यहाँ आज आयोजित साक्षात्कारमा उहाँले नेपालको राष्ट्रिय हितलाई ध्यानमा राखेर भारतसँग सम्बन्ध बढाइने बताउँदै भन्नुभयो, “हाम्रो भारतसँग पहिलेदेखि नै सम्बन्ध रहेको छ, विगतमा जे जति तीता कुरा भए, ती सबैलाई बिर्सी दुई देशबीच असल सम्बन्धको विकल्प छैन ।”

प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य ज्ञवालीले दुई देशबीचको खुला सिमानाको सदुपयोग गर्दै संवेदेनशील तरिकाले अगाडि बढ्ने बताउँदै नेपालसँगको व्यवहारमा भारतले उदारता देखाउनुपर्नेमा जोड दिनुभयो । पञ्चेश्वर दुई देशको साझा परियोजना बन्नुपर्ने उहाँको धारणा थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले खुला सीमा भएकाले भारतसँग विशिष्ट सम्बन्ध भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुवै देशले एकअर्काको संवेदनशीलतालाई बुझेर मात्र अगाडि बढ्नुपर्छ, विश्वासका आधारमा सम्बन्धलाई कायम राख्नुपर्छ ”, बताउनुभयो ।

राजपाका नेता राजेन्द्र महतोले नेपाल र भारतबीचको सम्बन्धलाई आर्थिक सम्बन्धका रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले नेपाल र भारतबीच सामाजिक, राजनीतिक र आर्थिक सम्बन्ध रहेको बताउँदै थप सम्बन्ध बढाउन भारत तयार छ भन्नुभयो । भारतका लागि नेपालका पूर्वराजदूत प्रा डा लोकराज बरालले नेपाल र भारतबीच देखिएका समस्यालाई निराकरण गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।