मन्त्रीको दादागिरी !, ‘कमाई’ रोक्न खोजेपछि मन्त्रालयका सचिवको सरुवा !

काठमाण्डौ, १२ माघ । सरकारवाट वाहिरीने बेलामा जथाभावी गर्न खोजेका मन्त्रीके काम रोक्न खोजेपछि मन्त्रीहरुले सचिव सरुवा गर्न थालेका छन् ।

आर्थिक चलखेल हुन नदिए पछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको सरुवा भएको छ । उनको सरुवा विहिवार सांझ गरिएको छ । शुक्रवार विहानवाट निर्वाचन आचासंहिता लागू हुने भएकाले सचिवको सरुवा विहिवार सांझ गरिएको छ ।

पर्यटनमन्त्री देवको दबावमा न्यौपानेलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरीएको छ उनको स्थानमा कार्यालयका कृष्ण देवकोटालाई लगिएको छ । मन्त्री देवले सचिव न्यौपानेले आफूलाई सहयोग नगरेको आरोप लगाएका छन् ।

मन्त्रीले आफू अनुकुल राजनीतिक नियुक्ती गर्न थाले पछि सचिवले त्यसको बाधक बनेका थिए । नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक हटाउने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यासिनो खोल्ने अनुमति दिने कामका लागि सचिव न्यौपाने वाधक बनेका थिए ।

मन्त्री जितेन्द्र देव र न्यौपानैको निर्वाचन अघि पनि खटपट परेको थियो । मन्त्री देवले महानिर्देशक सन्जिव गौतमलाई हटाएर मन्त्रालयकै हवाई उड्डयन महाशाखा प्रमुख सहसचिव सुरेश आचार्यलाई नियुक्त गर्न खोजेका थिए । उको सो कार्यलाई निर्वाचन आयोगले रोकेको थियो ।

गौतमले आफूसँग मन्त्रीले हाकाहाकी पैसा मागेको र पैसा दिन नमानेपछि हटाउन खोजेको दावी सार्वजनिक रुपमा गरेका छन् । लाईटनेपाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।