ओली-प्रचण्ड बीच एक्काएक्लै वार्ता बाक्लियो, दाहाल भेट्न ओली पुगे खुमलटार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

पार्टी एकता प्रक्रियामा रहेका एमाले र माओवादी अध्यक्षबीच एक्काएक्लै वार्ता बाक्लिएको छ । पछिल्लो समयमा उनीहरु एक्लाएक्लै वार्तामा व्यस्त देखिएका छन्।

यसअघिका समयमा दाहाल ओलीनिवास बालकोट पुग्ने गरेपनि आइतबार बिहान भने ओली दाहाल निवास खुमलटार पुगेका हुन् । भेटघाटका क्रममा प्रदेशभा निर्वाचनलगायतका विषयमा कुराकानी हुने बताइएको छ । शुक्रबार चितवनबाट फर्केपछि ओली दाहालको भेटघाट बाक्लिदैँ गएको छ ।

यसैबीच पार्टी एकताका लागि बनाइएको कार्यदलको बैठक पनि आजै बस्ने भएको छ । बिहान ११ बजे सिंहदरबारमा कार्यदलको बैठक बस्ने तयारी भएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।