देउवा नेतृत्व सरकारको पछिल्लो निर्णयले १९० शहीद थपिए !
काठमाडौं, माघ १५ । सरकारको पछिल्लो निर्णय अनुसार शहीदको संख्या थपिएको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले चितवनको बाँदरमुढे घटना तथा धनकुटाको छिन्ताङ काण्डमा मारिएका लगायतलाई शहीद घोषणा गरेको हो ।
मन्त्रिपरिषदको निर्णय अनुसार गृह मन्त्रालयले १९० जना शहीदको सूचि सार्बजनिक गरेको छ ।


