राजेन्द्र महतो भन्छन,- नेपाल भारतबीच सीमा विवाद नै छैन
भक्तपुर, नेपाल भारतबीच अहिले सीमा विवाद नभएको राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्तोले बताएका छन ।
रफत सञ्चार क्लब भक्तपुरमा सोमबार आयोजित गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष महत्तोले नेपाली सञ्चार माध्यमले उचालेको भरमा नेपाली सीमा भारतले मिचेको भन्न नमिल्ने बताए ।
यादबले भने यदि सीमा सम्बन्धीत विवाद भए दुई देशका सरकारबीच कुटनीतिक सहमति र छलफलका माध्यमबाट मिलाउन सकिनेमा बताएका थिए । कार्यक्रममा बोल्दै उनले बाम गठनबन्धन संग सरकार गठनका बिषयमा सहमति हुन नसक्ने बताए ।
एमालेले संविधान संशोधनका बिषयमा सकारात्मक धारण सार्वजनिक नगरी संविधान संशोधनमा बाधा पु¥याएको अबस्थामा राजपा एमालेका विरुद्ध फेरी आन्दोलनमा उत्रिने उनले चेतावनी समेत दिए ।
अध्यक्ष महत्तोले दुई नंम्बर प्रदेशमा जनताले राजपा र फोरम लोकतान्त्रीक पार्टीलाई सरकार बनाउने म्याण्डेट दिएकोले यहाँ दुई पार्टीको सहमतिमा सरकार निमार्ण हुने बताए ।
अहिलेसम्म सरकारमा पुगेका आफूलाई ठूला भन्ने दलहरुले देश र जनताका बिषयमा केही गर्न नसकेको उनले आरोप लगा्रए । नेपालमा छिमेकी देशसंगको सम्बन्धका बारमो दल र व्यक्ति पिच्छे नीति होईन राष्ट्रिय नीति निर्माण हुनुपर्ने उनको भनाई थियो ।


