दुई सय वर्षसम्मका लागि नेपालको पानी भारतलाई बेचेको कारण नेपालमा पानीको हाहाकार (भिडियो सहित)
जलश्रोत र जमिन नेपालको तर अधिकार कसको ? नेपालको कि भारतको ?
जलश्रोत र जमिन नेपालको तर अधिकार कसको ? नेपालको कि भारतको ?
भौगोलिक रूपले भारतभन्दा सानो देश नेपालले हरेक कदममा भारतको हैकमबादी र बिस्तारबादी नीतिको सिकार हुनु परिरहेको छ। तर सार्बजनिक फोरुमहरुमा ऊ बडी आदर्शको कुरा छाँटछ तर नेपालसंगको उसको ब्यबहार एउटा छिमेकीको रूपमा कहिल्येइ मर्यादित र सन्तुलित हुन सकेन।
नेपालका जहानिया शाशक राणाहरुको समयदेखि नै उसले नेपालको भूभाग मिच्न थालेको थियो।त्यसपछिका दिनहरुमा पनि भारतले राजा महेन्द्रका पालामा , राजा बिरेन्द्रको पालामा नेपाली भूभागमाथि आफ्नो खूनी पन्जा गाढ़ीरह्यो तर। नेपालका प्रधानमंत्रीहरु सूर्यबहादुर थापा, तुलसी गिरि,लोकेन्द्र बहादुर चन्द, पुष्पकमल दाहाल, शेर बहादुर देउबा कुनै पनि बहालवाला प्रधानमन्त्रीले भारतीय थिचोमिचोका बारेमा चुइक्क बोल्न सकेनन।
भारतको गिद्धे नज़र जहिले पनि नेपालको जमिन र पानीमाथि लागिरहेको थियो। पछिल्लो समयमा पर्सामा भारतले ५० बिगाहा जमिन मिचिएको सर्बत्र चर्चा छ। आम नेपालीमा छटपटी छ तर देशको प्रधानमन्त्रीलाई यो संबेदनशील विषयले पटक्कै छोएको देखिन्न।
सुगौली सन्धी पछी नेपाल र नेपालीहरु सबैभन्दा ठूलो मारमा परेको गण्डक सम्झौतामा हो। यो सम्झौताले पानी नेपालको, जमिन नेपालको तर अधिकार र निर्णय भारतीयको हो कि भन्ने मान्यता ब्यबहारमा देखिएको छ। बारा जिल्लाबासी यो नहर हेरेर घुटुघुटु थुक निल्न बाध्य छन् किनकि आबस्यक भएको बेलामा नहरको पानि उपयोग गर्न पाइन्न तर नचाहिएको बेलामा नहरबाट नै छयाल ब्याल हुने गरी पानि आउछ।मुहान आँगनमै छ तर दूर्भाग्य नेपाली जनताले पानीको त्यो मुहान प्रयोग गर्न पाउदैनन। किनकि सम्झौतामै नेपालमा नै यो योजना बने पनि यो सम्पति भारतको हुनेछ भनेर लेखिएको छ। त्यतिमात्र हैन योजनाको आसपासमा समेत नेपालले कुनै अर्को योजना बनाउन पाउने छैन भनेर सम्झौता भएको छ। यो सम्झौता नेपालको पहिलो जननिर्वाचित सरकारको तर्फबाट विपी कोइराला प्रधानमन्त्री भएको बेलामा २०१६ सालमा भएको थियो। सम्झौतामा सरकारको तर्फबाट उपप्रधानमन्त्री सुवर्ण समशेरले र भारतीय पक्षबाट राजदूत भागवत सहायले हस्ताक्षर गरेका थिए।
नेपालले उक्त योजनामा मन्जुरी नदिए उक्त योजना भारतमै बनाउने धम्कि दिएर नपाललाई उक्त योजना मान भारतीय पक्षबाट बाध्य पारिएको थियो। त्यसैले राजा महेन्द्रले उक्त परियोजनाको स्थानमा नेपालीहरुले माछा मार्न पाउनु पर्छ भन्ने बुँदा विपीलाई राख्न सुझाएर उक्त परियोजनाको सांकेतिक विरोध गरेका थिए।
यसरी नेपालको पानीमा भारतको दवाब र धम्कीले सयौ बर्षका लागि भारतको प्रभुत्व रहिरहने भयो। नेपाल एउटा सार्वभौम सम्पन्न मुलुक भएर पनि भौगोलिक आयतन सानो भएको कारणले भारतको दादागिरी सहन बाध्य भएको छ।
भारतले नेपाललाई कहिल्यै एउटा असल छिमेकीले गर्ने व्यवहार गरेको छैन। नेपाली शासकहरुको अकर्मन्यताका कारणले भारतको हेपाहा प्रवृति पछिल्लो दिनहरुमा अझै नाङ्गो रूपमा प्रस्तुत भैरहेको छ। एउटा सार्वभौम सम्पन्न मुलुकले यो थिचो मिचो कहिलेसम्म सहन सक्छ ?


