कोमल वली सहित आठ सम्मानित !

मकवानपुर । एक लाख राशीको ११ औं बिजुलीमायाँ वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कारबाट भाषा, सङ्गीत, साहित्य, कला एवम् संस्कृतिविद चेतन कार्की सम्मानित भएका छन्।

भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले भीम विरागको ८४ औं जन्मजयन्तीको अवसरमा कार्कीलाई सोमबार हेटौंडामा सम्मान गरेको हो। नेपाली सङ्गीत तथा साहित्यमा योगदान पु-याएको भन्दै कार्कीलाई कार्यक्रमका प्रमुख अतिथि गायक, गितकार तथा सङ्गीतकार जगत मर्दन थापाले सम्मान पत्र र नगद पुरस्कार हस्तान्तरण गरे।

त्यस्तै, ख्याति प्राप्त लोक गायिका कोमल वली २० हजार राशीको बिजय बाँनिया स्मृति लोक सङ्गीत पुरस्कारबाट सम्मानित भएकी छिन। कार्यक्रममै तुलसीमायाँ–शिवकुमारी सृजनशील नारी पुरस्कारबाट साहित्यकार अनिता न्यौपाने, भीम–मथुरा बाल प्रतिभा पुरस्कारबाट बालगायक चिराग डंगोल, शीला नारी सङ्गीत पुरस्कारबाट गायिका विद्या तिवारी, हर्षनर बज्राचार्य स्मृति पुरस्कारबाट नाट्यकर्मी कुमार शाह, चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कारबाट साहित्यकार निमेश निखिल, मङ्गलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य पुरस्कारबाट स्वास्थ्यकर्मी चम्पा कोजुलाई नगदसहित सम्मानित गरिएको छ।

तुलसीमायाँ शिवकुमारी सृजनशील नारीको १० हजार, भीम–मथुरा बाल प्रतिभाको ७ हजार ५ सय, शीला नारी सङ्गीतको १५ हजार, हर्षनर बज्राचार्य स्मृतिको २५ हजार, चिनुकुमारी लामा स्मृतिको ११ हजार १ सय ११ र मङ्गलादेवी श्रेष्ठ स्मृतिको १० हजार रुपैंया राशी रहेको छ।

कार्यक्रममा साहित्यकार एवम् सङ्गीतकार प्रकाश सायमी, भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानका निवर्तमान अध्यक्ष तुल्सी थापा लगाएतले सङ्गीत, साहित्य, कला क्षेत्रको विकास र प्रवर्द्धनमा राज्यले बिशेष लगानी बढाउनुपर्नेमा जोड दिएका थिए। साहित्यकारहरु सुकबहादुर सोनाम, मुरारी सिग्देल लगाएतको आतिथ्यता रहेको कार्यक्रम प्रतिष्ठानका अध्यक्ष उज्वल शर्मा भण्डारीको अध्यक्षतामा भएको थियो।

मकवानपुरका उद्यमी कन्हैया कृष्ण श्रेष्ठले आमाको नाममा बिजुलीमायाँ वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार २०६४ मा स्थापना गरेका हुन् भने अन्य सबै पुरस्कार पनि हेटौंडाका बिभिन्न व्यक्तित्वहरुले स्थापना गरेका हुन्। पुरस्कारबाट २०६४ देखि गतबर्षसम्म बिशिष्ठ संगीत साधकहरु अम्बर गुरुङ्ग, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, न्हुच्छे बहादुर डंगोल(नाट्यश्वर सङ्गीत प्रशिक्षण केन्द्र), मीरा राणा र कर्म योञ्जन सम्मानित भईसकेका छन्।

प्रतिष्ठानले वरिष्ठ सङ्गीत साधक, कवि एवम् गीतकार भीम विरागको जन्मजयन्तीको अवसरमा हरेक वर्ष हेटौंडामा कार्यक्रम गरि कला, साहित्य, सङ्गीत, स्वास्थ्यसँग सम्वन्धित ब्यक्तिलाई सम्मान गर्दै आएको छ। कार्यक्रममा गायिका कोमल वलीसहितका कलाकारहरुले आफ्नो प्रस्तुती समेत प्रस्तुत गरेका थिए। – अशोकसुजन श्रेष्ठ / नागरिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।