ओलीको नयाँ प्रस्ताव !,- लुकाएर राखेका पैसा सबै बाहिर निकाल्नु पर्छ (भिडियो सहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्पत्ति सुद्धिकरण (लाउन्ड्रिङ)को विधिलाई परिवर्तन गर्नुपर्ने बताएका छन्। नेपाल चेम्बर अफ कमर्शका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्न एमाले मुख्यालयमा सोमबार आयोजित कार्यक्रममा ओलीले अहिलेको मनिलाउन्ड्रिङ कानूनलाई फेर्नुपर्नेमा विषयमा जोड दिएका हुन्।

अहिलेको मनि लाउन्ड्रिङ नै अनुचित रहेको उनको भनाइ छ। ‘मनि लाउन्ड्रिङ भनेको जसले पैसा निकाल्यो त्यसलाई समाउनु होइन, धारा, वासिङ मेसिनमा जान नदिएपछि यो कसरी लाउन्ड्रिङ भयो?’ उनले प्रश्न गरे।

उनले भने, ‘पैसा धारामा लान दिनुहुन्न। पैसा ढिकीमा लान दिनु हुन्न। वासिङ मेसिनमा हाल्न दिनुहुन्न। निकाल्ने बितिक्कै समाउनु हुन्छ। यहाँ त मौका नै छैन। मुसो निस्कने दुलोमा यत्रा साँचो थापे जस्तो गरी बसेर। जुन पैसा चै आएर बसेको लुकेको त्यो पैसा बाहिर निस्कनै नदिने ?’ भिडियोमा हेर्नुहोस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।