सेक्युरिटी तामाङलाई इँटाले टाउकोमा प्रहार गरेर हत्या गरी भाग्ने हेटौडाका राजन थापा क्षेत्री पक्राउ

काठमाडौँ, १६ माघ । मछिन्द्रबहालमा सोमबार अज्ञात व्यक्तिको आक्रमणमा परी मृत्यु भएका तुलबहादुर तामाङको हत्या अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

दोलखा, शैलुङ गाउँपालिका घर भई इस्टुवेट सेक्युरिटी कम्पनीमा गार्डका रुपमा काम गर्ने तामाङ घाइते भई लडिरहेको अवस्थामा सोमबार बिहान १ बजे महानगरीय प्रहरी वृत्त जनसेवाले फेला पारी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

महानगरीय अपराध महाशाखाको टोली र प्रहरी वृत्त जनसेवासमेतको संयुक्त टोलीले अनुसन्धानका क्रममा सो घटनामा संलग्न मकवानपुर, थाहा नगरपालिकाका राजन थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

अनुसन्धानका क्रममा निज राजन थापा क्षेत्री मछेन्द्रबहाल चोकमा सेक्युरिटी गार्डका रुपमा काम गर्नेे गरेको र मृतक तामाङसँग तीन–चार महिनादेखि चिनजान भई एकै ठाउँमा काम गर्दै आएको खुलेको छ ।

‘ड्यूटी’को विषयलाई लिई दुईबीच वादविवाद हुँदै आएकामा गत आइतबार राति निज थापा क्षेत्रीले तामाङलाई आफू ड्यूटी गर्न आउन नसक्ने भनी जानकारी गराउन जाँदा विवाद भएपछि क्षेत्रीले पटक पटक इँटाले टाउकामा प्रहार गरेर तामाङको हत्या गरी भागेको खुल्न आएको प्रहरीले जनाएको छ ।

अभियुक्त क्षेत्रीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महल बमोजिम कारबाही अघि बढाइने भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖