पुरानै मानसिकताका नेताले मुलुक सञ्चालनको जिम्मा पाएकाले आम नागरिक विश्वस्त नभएको थापाको आरोप

काठमाडौं, १६ माघ । राप्रपाका अध्यक्ष कमल थापाले पछिल्लोपटकको निर्वाचनबाट पनि पुरानै मानसिकता र प्रवृत्तिका नेताले मुलुक सन्चालनको जिम्मा पाएकाले राष्ट्रियता, अखन्डता, स्थायित्व र समृद्धिप्रति आम नागरिक विश्वस्त हुन नसकेको आरोप लगाएका छन् ।

सहिद दिवसको अवसरमा मंगलबार राप्रपाले पार्टी कार्यालय धुम्बाराहीमा गरेको श्रद्धाञ्जलिसभामा थापाले जनता राष्ट्रियता, समृद्धि र स्थायित्वप्रति अझै विश्वस्त हुन नसकेको जिकिर गरेका छन् ।

जिम्मेवार दल र तिनका नेताको अकर्मन्यताका कारण मुलुक संकटको चक्रब्यूहमा फसिरहेको उनको दाबी थियो । उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले राजनीतिक र दलगत आस्थाका आधारमा सहिद घोषणा गर्ने परिपाटीले सच्चा सहिदको अपमान भइरहेको बताए ।

बाह्यशक्तिको चलखेल, मौलाउँदो भ्रष्टाचार रोक्न र राष्ट्रको अखन्डता जोगाउन दलगत स्वार्थ त्यागेर काम गर्न दलहरुलाई उनको आग्रह छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।