हराएका जोनको खोजीमा यसरी खटिंदैछ प्रहरी !, यस्तो छ प्रहरीको निष्कर्ष – भिडियो सहित
ललितपुर १६ माघ । हाईकिंगमा जाँदा हराएका जोनको खोजीमा सातदोबातो प्रहरी वृतका प्रहरी टोली ललितपुरका विभिन्न स्थानहरुमा खटिएको छ । मंगलबार प्रहरी निरीक्षक सागर विक्रम राणाको नेतृत्वमा गएको टोलीले ललितपुरको लुभु स्थित लाकुरी भन्ज्यांगको जंगलमा जोनलाई खोजेको थियो । मंगलबार हराएका जोनलाई लाकुरी भन्ज्यांगका स्थानियले देख्यौं भन्ने सुचना प्रहरीलाई गरेको हुनाले प्रहरीको टोली त्यस क्षेत्रमा गएको थियो । त्यहाँ पुगेका प्रहरीको टोलीलाई केही स्थानियले जोन जंगलतिर गएको बताए भने केहीले बाटोको छेउँछेवै लागेको बताए । स्थानीयले दिएको जानकारीको आधारमा केही प्रहरीको टोली जोनलाई खोज्न लाकुरी भन्ज्यांगको जंगलतिर लाग्यो भने केही जोन लागेको बाटोतिर – भिडियो


