भ्यालेन्टाईन फोटो कम्पिटिसन !

ईटहरी, हामी नेपालीहरु पर्व नै पर्वका धनी छौ । साना होस् या ठूलो बर्षभरी पर्व मनाईरहेका हुन्छौ । यस्तै प्रेमको पनि पर्व नेपालमा मनाईन्छ । अर्थात भ्यालेन्टाईन डे ‘प्रेम दिवस’ । नेपालमा विशेषत युवापुस्ता माझ लोकप्रिय बनेको ‘प्रेमदिवस’का नाममा पछिल्लो बर्ष बिकृती भित्रिएको भन्ने कुराहरु पनि नआएको हैन । तर यस्लाई पारिवारिक परिवेशमा मनाउने पनि थुप्रै छन् । एक प्रेम जोडि मात्र नभई हरेकको प्रेमलाई प्रगाढ र परिचित बनाउदै प्रेम दिवस पारिवारिक माहौलमा पनि मनाउनु पर्छ भन्ने उद्देश्यका साथ हाम्रो अर्थात डिथ्री अनलाईन ‘डिथ्री प्रोडक्सन नेपाल, ईटहरी’ को आयोजनामा ‘भ्यालेन्टाईन फोटो कम्पिटिसन’ को आयोजना गरिएको छ ।

भर्खरै औपचारिक रुपमा यो कार्यको थालनी भएको छ भने आउदो २२ गतेसम्म लाई ईछुकहरुले फोटो पठाउनलाई समयसिमा तोकिएको छ । प्रतियोगितामा सहभागी हुनको लागि एक महिला र एक पुरुष भएको तस्बिर पठाउनु पर्नेछ । तस्बिरमा २ भन्दा बढी ब्यक्ति भएमा प्रतियोगिताको लागि मान्य हुनेछैन भने १ जना मात्र भएको तस्बिरलाई पनि प्रतियोगितामा सहभागी गराईने छैन । एक प्रेमी प्रेमिका देखि लिएर दाजु-बहिनी, दिदी-भाइ, बुवा-आमा, साथी-साथी लगायतका सम्बन्धका तस्बिरलाई पनि सहभागी गराईने छ । तस्बिरमा एक महिला र एक पुरुष भने अनिवार्य रुपमा हुनुपर्ने छ । यहि माघ २२ गते सम्म सहभागी हुन चाहनेहरुबाट प्राप्त सम्पुर्ण तस्बिरहरुलाई माघ २३ गते फेसबुक पेज ‘डिथ्री अनलाईन’ मार्फत सार्बजनिक गरिनेछ ।

तस्बिर सार्बजनिक पश्चात् तस्बिरमा आएको सबैभन्दा धेरै लाईकको आधारमा बिजेता घोषणा गरिनेछ । बिजेताको नाम १५ फेब्रुअरीमा ‘डिथ्री अनलाईन’ बाटै सार्बजनिक गरिनेछ । बिजेताले आकर्षक पुरस्कार संगै कभर गायनमा चर्चित बनेका गायक पल लिम्बू संग पारिवारिक भेटघाट र सेल्फी खिच्ने मौका प्रदान गरिनेछ । विशेषगरी पुर्व अर्थात क्षेत्र नम्बर १ लाई लक्षित गरेर आयोजना गरिएको यो प्रतियोगिताको बिजेता जोडिले प्रोफेसनल फोटोसुटको पनि मौका पाउनेछन् । फोटोशुट गरिएका उक्त तस्बिरहरूलाई अनलाइन तथा पत्रीकामा प्रकासन समेत गरिनेछ । यस प्रतियोगितालाई पुर्वेली न्युज, बार्दली क्रीयशन, सुबर्ण फोटोग्राफी, नवीन कस्मेटिक ‘आस्थाबेरी’, ईटहरी, पन्चकोशी साप्ताहिक र पशुपति गोल्ड एण्ड सिल्भर ज्वेलर्स, ईटहरीले सहयोग गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।