राजनीतिक पूर्वाग्रह नराखी न्याय सम्पादन गर्न प्रधानन्यायाधीसको आग्रह

वीरगंज, १७ माघ । प्रधानन्यायाधीश गोपाल पराजुलीले स्थानीय न्यायिक समितिले राजनीतिक पूर्वाग्रह नराखी न्याय सम्पादन गर्नुपर्ने बताउनुभएको छ ।

न्यायमा पहुँच आयोग र सर्वोच्च अदालतले आज यहाँ आयोजना गरेको ‘न्यायमा सहज पहँुचका लागि स्थानीय न्यायिक समितिको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले सबैलाई चित्त बुझ्ने गरी न्याय सम्पादन गर्नु न्यायिक समितिका लागि चुनौती र अवसर भएकाले सकारात्मक न्याय सम्पादन गरेर अभिभावकको भूमिका खेल्नुपर्ने बताउनुभयो ।

स्थानीय न्यायिक समितिलाई संविधान र कानुनले ठूलो अभिभारा दिएको उल्लेख गर्दै प्रधानन्यायाधीश पराजुलीले न्यायिक मन प्रयोग गरेर न्याय सम्पादन गर्न आग्रह गर्दै पार्टीको विचारभन्दा माथि उठेर साझा व्यक्तिका रुपमा काम गर्दा नागरिकलाई सहज न्याय दिन सफल हुने विचार व्यक्त गर्नुभयो ।

न्यायमा पहँुच आयोगका सदस्य मीरा खड्काको सभापतित्वमा सम्पन्न अन्तरक्रियामा सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान, उच्च अदालतका कुमारप्रसाद पोखरेल, मुख्यन्यायाधीश उदयप्रकाश चापागाईं, प्रशासकीय अदालतका रजिस्टार ममता खनाल, वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगी, जिल्ला समन्वय समितिका सभापति नेक महमदलगायतले धारणा राख्नुभएको थियो ।

अन्तरक्रियामा बारा, पर्सा र रौतहटका स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सहभागिता रहेको थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।