प्रहरीमाथि आक्रमण गरी प्रहरीको हतियार लुट्ने पक्राउ

बारा । गत वैशाख ११ गते प्रहरीमाथि आक्रमण गरी प्रहरीको हतियार लुट्ने कलैया उपमहानगरपालिका–१२ धर्मनगरका फुलेना साह गोढलार्ई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

विगन साह र फुलेना साहको नेतृत्वमा रहेका ३०–३५ जना तस्करको समूहले प्रहरीमाथि आक्रमण गरी प्रहरीको शटगन लुटेर लगेका थिए । धर्मनगरस्थित नेपाल इँटा उद्योग छेउमै तस्करीको मालसामान प्रहरीले नियन्त्रणमा लिन खोज्दा तस्कर र प्रहरीबीच दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रहरी प्रमुख भुवनेश्वर साहले जानकारी दिनुभयो ।

तस्करको आक्रमणमा परी जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार शेख मसरुल, प्रहरी जवान चन्देश्वर सिंह, अर्का प्रहरी जवान जगमोहन राउत घाइते समेत भएको पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी, आज महागढीमाई–६ बबुआइन नजिकैको सडकबाट भन्सार छली ल्याइएको बीआर ०५ टी ६५१०, बीआर ०५ डी ९०४१, ग ४ प १३०८ र ना ३ प ३९१६ नम्बरका चार थान मोटरसाइकल र त्यसमा लोड गरिएको सूर्तीको आठ बोरा धुलोसहित तीन जनालाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । पक्राउ पर्नेमा सुवर्ण गाउँपालिका–३ का भुलेन्द्र यादव, रामविश्वास यादव र शेषनाथ साह छन् ।

बाराको महागढीमाई बबुआइन नजिकै पक्राउ परेको भन्सार छली चोरीपैठारी गरी ल्याइएको चार थान मोटरसाइकल र त्यसमा लोड गरिएको सुर्ती सार्वजनीक गर्दै बाराका निमित्त प्रहरी प्रमुख भुवनेश्वर साह । तस्वीर: सृजा थापा, बारा, रासस

लागुऔषध सहित पक्राउ परेका सार्वजनिक : प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका अभियुक्तलाई बुधबार सार्वजनिक गर्दै पर्सा प्रहरी । भारत तर्फ लागुऔषध लैजाने क्रममा पक्राउ परेका दुई महिला सहित तीन जना र नेपाल भित्र्याएको अभियोगमा दुई जना युवकलाई नियन्त्रणमा लिएको हो । तस्वीर: विजय कुमार महतो, रासस, पर्सा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।