मोबाइलको ब्याट्री पड्केर बालकको मृत्यु, मृतक परिवारलाई १ लाख राहत प्रदान गरिने

विराटनगर । मोबाइलको ब्याट्री पड्केर आज एक बालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ मा ११ वर्षीय बालक अमित मण्डलको परालको आगोमा ब्याट्री पड्केर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिनुभयो ।

मृतक परिवारलाई रु एक लाख राहत प्रदान गरिने

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनीमन्त्री हिक्मत कार्कीले ब्याट्री पड्केर आज मृत्यु भएका बालकका परिवारलाई प्रदेश सरकारले रु एक लाख राहत प्रदान गर्ने घोषणा गर्नुभएको छ । उहाँले आज कोशी अञ्चल अस्पताल पुगी मृतकका परिवारलाई तत्काल राहतस्वरुप रु २५ हजार प्रदान गर्नुका साथै घाइते भएकी छ वर्षीया राधिका मण्डलको सरकारले निःशुल्क उपचार गर्ने बताउनुभयो ।

विराटनगर–१५ स्थित रामजानकी टोलमा आज सुवास मण्डलका ११ वर्षीय छोरा अमितको आगो ताप्ने क्रममा मोबाइलको ब्याट्री विष्फोट हुँदा मृत्यु भएको थियो । विष्फोटमा परी सोही ठाउँका राजेश मण्डलका छ वर्षीया छोरी राधिका मण्डल घाइते भएकी छन् । निजको दुवै आँखाको पहिलो पत्र जलेकाले विराटनगर आँखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖