महिला टी-ट्वान्टी क्रिकेट : पहिलो खेलमा चिनलाई हराएको नेपालको दोस्रो जित, मलेसिया ६ विकेटले पराजित

काठमाडौं, २९ पुस । थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी – ट्वान्टी स्म्यास क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

बैंककमा मलेसियाले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले १६ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा रोमा थापाले अविजित २० रनको योगदान गरिन् । यस्तै सिता राना मगरले १६ रन जोडिन ।

ममता कुमारी चौधरी ९ रनमा अविजित रहिन् । मलेसियाका अना हमिजा हसिम र इन्टान जामदहायु जाफरले एक एक विकेट लिईन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अलआउट हुँदै ६१ रन बनाएको थियो । मलेसियाकी सिओ जीन यीले १२ रन जोडिन । यस्तै युश्रीना याकोपले ११ रन जोड्दा अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् ।

मलेसियालाई सस्तैमा समेट्न नेपाली सरिता राना मगर एक्लैले ४ विकेट लिईन् । यस्तै नेरी थापा, इन्दु बर्मा र कविता कुवरले एक एक विकेट लिए । जितसंगै समूह ‘ए’ मा रहेको नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा चीनलाई हराएको नेपालले ४ अंक जोडेको छ । पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो । अब नेपालले सोमबार युएईसंग खेल्नेछ ।

https://youtu.be/mhcJldGURKY



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।