धनकुटाको पाख्रीवासमा मेयरकप जारी, भोलि लिग चरणको अन्तिम खेल

धनकुटा खबर । धनकुटाको पाख्रीवासमा जारी वडा स्तरिय प्रथम मेयरकप फुटवल प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा वडा नं २ भर्सेज ५ र वडा नं ७ भर्सेज १० भीड्ने भएकाछन् ।

भोलि हुने लिग चरणको अन्तिम खेलमा यी टोलीहरु भीड्ने भएका हुन् । यसअघि आज १ नं वडा सँग भएको खेलमा ३—३ को वरावरी गोल हान्दै ५ नं वडाले लिग चरणको अन्तिम खेलमा स्थान पक्का गरेको हो । भने वडा नं ८ सँग खेलेको १० नं वडाले पनि १—१ गोलको वरावरी गर्दै लिग चरणको अन्तिम खेलमा स्थान वनाएको हो ।

वडा नं १ भर्सेज ५ वीचको खेलमा १ नं वडाका जर्सी नं १० का खेलाडी आर्शिवाख लामाले २ र जर्सी नं ८ का खेलाडी नवराज अधिकारीले १ गोल गरेका थिए । वडा नं ५ को तर्फवाट जर्सी नं ७ का खेलाडी सागर तामांले १ र जर्सी नं ८ का खेलाडी प्रतापसिंह तामांले २ गोल गरेका थिए ।

त्यस्तै वडा नं ८ भर्सेज १० वीचको खेलमा ८ नं वडाको तर्फवाट जर्सी नं ७ का खेलाडी विषु कुमार राई र वडा नं १० को तर्फवाट जर्सी नं ७ कै खेलाडी निश्चल राईले १—१ गोल लगाए सँगै आजको खेल सकिएको प्रतियोगिता प्रचार प्रसार उपसमितिका संयोजक सिताराम राईले जानकारी दिनुभयो ।

लिग चरणको अन्तिम खेलमा भोलि विहान ९ वजेदेखी वडा नं २ भर्सेज ५ र दिउसो १ वजे देखी वडा नं ७ भर्सेज १० भीड्ने उहाले वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।